Logo

रिलायन्स लोटसको साधारण सभा जेठ २१ गते, सेयरधनीलाई २० प्रतिशत बोनस दिने

रिलायन्स लोटसको साधारण सभा जेठ २१ गते, सेयरधनीलाई २० प्रतिशत बोनस दिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रिलायन्स लोटस फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई अघिल्लो आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने भएको छ । जेठको अन्तिम हप्ता साधारण सभा आयोजना गर्ने तयारी भैरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार २० प्रतिशत बोनस सेयर दिनका लागि राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको वैठकले साधारण सभा आगामी जेठ २१ गते आयोजना गर्ने निर्णय गरेको कम्पनी सूत्रले जानकारी दिएको छ । हालै एफपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी रु ३७ करोड पुगेको छ ।

आगामी साधारण सभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्ता पुँजी करिव ४४ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले चालु आर्थिक बर्षको नाफाबाट पनि करिव २० प्रतिशत बोनस सेयर दिने योजना बनाएको बताइएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार रु ८० करोड चुक्ता पुँजी पु¥याउन आगामी असोजतिर नपुग रकम बराबरको हकप्रद सेयर जारी गरिने सम्वन्धमा मंगलबारको सञ्चालक समिति वैठकमा छलफल भएको सहभागी एक सञ्चालकले जानकारी दिएका छन ।

तर कम्पनीले अन्य बीमा कम्पनी तथा जलविद्युत कम्पनीहरुमा गरेको क्रस होल्डिङस विक्री गर्न स्वीकृति पाएको खण्डमा करिव रु २० करोड नाफा हुनेछ ।

उनका अनुसार यो स्थिति आएमा ५० प्रतिशतभन्दा बढी रकम बराबरको बोनस सेयर पनि वितरण गर्न सकिनेछ । जसले गर्दा राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजी कयम गर्न रिलायन्सलाई समस्या नहुने बताइएको छ । तथापि केही वाणिज्य बैंकहरुसँग मर्जका लागि पनि कुराहरु अगाडि बढाउने काम भैरहेको छ । वित्त कम्पनीको रुपमा रहेर पनि व्यापार बढाउन सकिने संभावना रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL