Logo

भाखा नाघेको १ महिनाभित्र ऋणको सावाँ ब्याज तिरे पेनाल नलाग्ने, राष्ट्र बैंकले जारी गर्याे निर्देशिका

भाखा नाघेको १ महिनाभित्र ऋणको सावाँ ब्याज तिरे पेनाल नलाग्ने, राष्ट्र बैंकले जारी गर्याे निर्देशिका



काठमाडौं । अब ऋणीले भुक्तानी गर्नुपर्ने सावाँ र ब्याजको भाखा नाघेको ३० दिनभित्र बुझाएमा पेनाल ब्याज नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि निर्देशिका जारी गर्दै शुक्रबार यस्तो व्यवस्था गरेको हो ।

laxmi

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन गर्दै २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा मात्र लागु हुनेगरी उक्त व्यवस्था गरेको हो । तर यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा÷ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज भने तिर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।

यस्तै राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको २ करोड रुपैयाँ सम्मको कर्जालाई पुनर्तालिकिकरण र पुनर्संरचना गर्ने व्यवस्था गरेको छ ।

सम्बन्धित ऋणीको अनुरोधमा उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिनेछ व्यवस्था राष्ट्र बै.कले गरेको हो ।

तर, यस्तो पुनरतालिकीकरण र÷वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ भने यसरी पुनरतालिकीकरण र÷वा पुनरसंरचना गर्दा २०७९ पुस मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ ।

यस्तै उपर्युक्त बमोजिम पुनरतालिकीकरण÷पुनरसंरचना गरिएका कर्जाहरुलाई असल वर्गमा वर्गीकरण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने, स्पष्ट आधार बिना पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको पाइएमा इ.प्रा. निर्देशन नं. २/०७९ को बुँदा नं. ९ को उपबुँदा ४(क) अनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेसमेत व्यवस्था निर्देशिकामा गरिएको छ ।
राष्ट्र बैंकले अब सार्वजनिक विदाबाहेकका दिनमा सरकारले आकस्मिक विदा घोषणा गरेमा त्यस्ता दिनमा नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न विहान १०ः०० देखि दिउसो १ः३० बजेसम्म बैंक खुला राख्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL