Logo

जेठ मसान्तसम्म कर्जाको भाका नाघेमा पेनाल लिन नपाईने, २ करोडसम्मको कर्जा पुनर्संरचना (मौद्रिक नीतिको पूर्णपाठसहित)

जेठ मसान्तसम्म कर्जाको भाका नाघेमा पेनाल लिन नपाईने, २ करोडसम्मको कर्जा पुनर्संरचना (मौद्रिक नीतिको पूर्णपाठसहित)



काठमाडौं । अब ऋणीले कर्जाको भाखा नाघेको १ महिनाभित्र सावाँ र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज छुट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने बताएको हो ।

laxmi

यस्तै केन्द्रिय बैंकले साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई चालु आवको पुस मसान्तमा सकृय वर्गमा रहेको रु.२ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाईनेसमेत बताएको छ ।

अर्धबार्षिक समिक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरावलोकन गरिने जानकारी दिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियमसम्वन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

पछिल्लो समय उद्योगी व्यवसायीहरुले बैंक ब्याजदर बढी भएको, बैंकहरुले आधारदरमा बढी प्रिमियम लिएकोलगायतका गुनासाहरु राष्ट्रबैंकसमक्ष प्रस्तुत गरिसकेका छन् ।

[googleapps domain=”drive” dir=”file/d/1hMg-VKL5gojsqSW7jChTXyOEs8YKqYl4/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL