Logo

Global_Ime

सनराइज बैंकले संचालनमा ल्यायो थप ३ नयाँ शाखारहित बैंकिङ सेवा, सेवाग्राहीलाई सहज

सनराइज बैंकले संचालनमा ल्यायो थप ३ नयाँ शाखारहित बैंकिङ सेवा, सेवाग्राहीलाई सहज



काठमाडौं । सनराइज बैंकले थप ३ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बंैकले रुपन्देही जिल्लाको गैडहवा, कैलाली जिल्लाको लम्की–चुहा र कावासोती नगरपालिकाको हिमाल चोकमा उक्त शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
यी ३ शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०० पुगेको छ ।

Laxmi_sunrise
Kumari

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

सनराइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC