Logo

लुम्बिनी विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश बितरण गर्ने प्रस्ताव पारित

लुम्बिनी विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश बितरण गर्ने प्रस्ताव पारित



काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८-७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९-८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनी महानुभावहरुलाई ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल १२.०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठ को अध्यक्षतामा सम्पन्न १५औं वार्षिक साधारण सभामा आ.ब. २०७८-७९ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराज्यूले स्पष्ट पारेका थिए ।

साथै, १५औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितीको निर्बिरोध चयन गरेको छ । जसमा, संस्थापक शेयरधनीहरु (समूह “क”) को तर्फबाट चिन्तामणी भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह “ख”) को तर्फबाट गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्बिरोध निर्वाचित भए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL