Logo

प्रभु र सेन्चुरी बैंकबीच पुस २६ गतेदेखि एकिकृत कारोबार सुरु हुने, ३ दिन कारोबार बन्द

प्रभु र सेन्चुरी बैंकबीच पुस २६ गतेदेखि एकिकृत कारोबार सुरु हुने, ३ दिन कारोबार बन्द



काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले पुस २६ गतेदेखि एकिकृत कारोबार सूचारु गर्ने भएका छन् । राष्ट्र बैंकबाटमर्जरका लागि स्वीकृति पाईसकेका दुबैं बैंकले कम्पनी रजिस्ट्रारको कार्यालयबाट पनि अन्तिम स्वीकृति पाईसकेका छन् । सोही अनुसार पुस २६ गतेदेखि एकिकृत कारोबार गर्ने भएपछि ३ दिन बैंकको कारोबार बन्द हुने भएको छ ।
एकिकृत कारोबारका लागि भन्दै आज राति १० बजेदेखि मंगलबार बिहान ९ः४५ बजेसम्म बैंकबाट प्रदान गरिने सेवाहरु (एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ) समेत बन्द रहने प्रभु बैंकले जनाएको छ।

प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा गाभेको हो। सम्झौताअनुसार एकीकृत कारोबारपछि बन्ने बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४ जना र सेञ्चुरीबाट ३ जना हुनेछन्।

त्यस्तै, सीईओका रुपमा हालका प्रभु बैंककै सीईओ रहनेछन् भने सेञ्चुरीका हालका सीईओ बैंकमा सिनियर डेपुटी सीईओका रुपमा रहनेछन्। अहिले प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ। मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
MBL