Logo

महालक्ष्मी विकास बैंक र ओम समाज डेन्टल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंक र ओम समाज डेन्टल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक र चावहिलस्थित ओम समाज डेन्टल अस्पतालबीच सम्झौता भएको छ । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ अस्पतालसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको ओपीडी सेवा निशुल्क, सामान्य डेन्टल सेवामा १५ प्रतिशत र अर्थाे थेरापी तथा डेन्टल इम्प्लान्ट ट्रिटमेन्ट सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL