Logo

अन्दोलनरत व्यवसायीले अर्थमन्त्री र गभर्नरलाई सँगै राखेर भने, ‘बैंकको चर्को व्याज तिर्न सक्दैनौ हाम्रो सम्पत्ति लिलामीमा निकाल्नुस’

अन्दोलनरत व्यवसायीले अर्थमन्त्री र गभर्नरलाई सँगै राखेर भने, ‘बैंकको चर्को व्याज तिर्न सक्दैनौ हाम्रो सम्पत्ति लिलामीमा निकाल्नुस’



काठमाडौं । आन्दोलनरत उद्योगी व्यवसायीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एकै ठाउँमा राखेर आफुहरुले बैंकको उच्च व्याज तिर्न नसक्ने बताएका छन् । आन्दोलनरत उद्योगी व्यवसायीले अर्थमन्त्रीकै कार्यकक्षमा आफ्ना माग राख्दै अहिलेको अवस्थामा बैंकले ज्याजदी गरेको र बैंकको किस्ता र व्याज तिर्न नसक्ने बताएका हुन् । अर्थमन्त्री र गभर्नरसँगको छलफलको क्रममा मोरङ व्यापार संगठनका पूर्व अध्यक्ष पवन सारडाले भने, ‘हामी बैंकको बढ्दो व्याज तिर्न सक्दैनौं हाम्रो जायजेथा लिलामीमा निकाल्न निर्देशन दिनुस ।’

laxmi

पछिल्लो समय विशेषगरी पूर्वका व्यवसायीसँग हालसालै नेपाल राष्ट्र बैंकले ल्याएको चालू पूँजी कर्जा मागर्दन र बैंकको उच्च व्याजको विषयलाई लिएर अन्दोलनमा उत्रिएका छन् । उनीहरुले अर्थमन्त्रीसँगको भेटमा व्यवसायीले ऋणको व्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने र ऋणको नविकरण शुल्क पनि घटाउनु, आधारदर र स्प्रेडदर गणनाका लागि छुट्टै विज्ञ टोली गठन गर्नुपर्ने तथा चालु पुँजी कर्जा अहिलेको आवश्यकता नभएको लगायत माग राखेका थिए । साथै अबको पुसमसान्तमा २० प्रतिशत पनि उद्योगीले सावाँ ब्याज तिर्न नसक्ने जानकारी समेत गराएका छन् ।

यसैगरी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले नेपाल उद्योग बाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघका माग सम्बोधन गर्न नसकेको अर्थमन्त्री समक्ष बताएका छन् । साथै कर्जा निक्षेप अनुपातलाइ केही समय पछि केही समय स्थगित गर्दै अहिलेको अवस्था अनुसार सीसीडी ल्याउँदा २ देखि साढे २ खर्ब बजारमा तरलता आउने उनको तर्क थियो ।

त्यसैगरी उनले संस्थागत र सर्वसाधारणको निक्षेपमा दिने ब्याजदरमा फरक नीति ल्याउन सुझाएका छन । उनले दोहोरो अंकको ब्याजदर संस्थागत निक्षेपकर्तालाई दिदाँ अर्थतन्त्रमा कस्तो कस्तो परिवर्तन ल्याउछ भन्ने विषयमा अध्यन गर्नुपर्ने उनको भनाई थियो । साथै उनले नेपाल राष्ट्र बैंकले लिएको नीतिनै गलत भएको आरोप लगाएका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले १८ लाख उद्योगी व्यवसायीको शोषण गरेको भन्दै नीतगत रुपमा बैंकर र व्यवसायी अलग गर्नु पर्ने माग समेत अघि सारेका छन् । सो छलफलमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र विरगञ्ज उद्योग वाणिज्य संघ, तिलोतमा उद्योग वाणिज्य संघ, नेपालगञ्ज उद्योग वाणिज्य सीएनआईको प्रदेश नम्बर १ का प्रतिनिधिलगायत करिव २ दर्जन जिल्ला अध्यक्षहरु सहभागी भएका थिए । साथै उक्त छलफलमा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व उपाध्यक्ष किशोर प्रधान र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठको पनि साभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL