Logo

साइन रेसुंगा बैंकद्धारा महिलाहरुलाई वित्तीय साक्षता तालिम

साइन रेसुंगा बैंकद्धारा महिलाहरुलाई वित्तीय साक्षता तालिम



काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा बैंकले बुटवल उपमहानगरपालिका बुटवल वडा नं ११ को शहरी स्वस्थ्य केन्द्रका महिला स्वयंविका तथा कार्यालयका कर्मचारीलाई बित्तीय साक्षरता तालिम दिएको छ ।

बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले महिलाहरुलाई आर्थिक गतिविधि र बैंकिङ कारोबारमा सहभागी गराउंदै महिला सशक्तिकरणका लागि स्वास्थ्य स्वयम्सेविकाहरुलाई वित्तिय साक्षरता प्रदान गरेको बताइन् । सहभागी ३५ जना महिलालाई उक्त तालिम दिइएको हो ।

नेपालको कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी हिस्सा महिलाको भएपनि उनीहरुमा वित्तीय साक्षरता दर धेरै कम भएकाले बैंकले महिलालाई प्राथमिकता दिएको थापाले बताइन् । महिलाहरु उद्यम–व्यवसाय र उत्पादनसंग जोडिन पनि वित्तीय साक्षरता जरुरी हुने उनले स्पष्ट पारिन् । बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको थापाले बताइन् ।

बैंंकका डिजिटल बैंकिङ अफिसर नारायण न्यौपानेले डिजिटल बैकिङ कारोबार गर्दा सेवाग्राहीले घर वा कार्यालयमै बसेर सुरक्षित र छिटो छरितो सेवा लिन सकिने जस्ता फाइदाहरु र डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता लगायतका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL