Logo

थप १७ बस्तुको निर्यातमा नगद अनुदान दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, कसले कति पाउँछन् ?

थप १७ बस्तुको निर्यातमा नगद अनुदान दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, कसले कति पाउँछन् ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले थप १७ वस्तुको निर्यातमा अनुदान दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रिय बैंकले आईतबार एक निर्देशन जारी गर्दै यसअघि राजपत्रमा प्रकाशित भएको कार्यविधि अनुसारका वस्तुको निर्यातमा अनुदान दिन निर्देशन दिएको हो ।

laxmi

यसअघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले निर्यातमा अनुदानसम्बन्धि कार्यविधिको दोस्रो संशोधन २०७९ राजपत्रमा प्रकाशित गरिसकेको छ । कार्यविधि अनुसार अब सिमेन्ट, क्लिंकर, स्टिल, कत्था, रोजिन, प्लाईउड, अम्रिसो, फलफूल, दूग्धजन्य पदार्थ, तरकारीलगायतलाई निर्यातमा अनुदान पाउने वस्तुको सूचिमा समावेश गरिएको छ ।

यसरी निर्यातमा अनुदान पाउने वस्तुको सूचिमा समावेश भएका वस्तुको निर्यात भएको अवस्थामा परिमाणका आधारमा सम्बन्धित निर्यातकर्तालाई नगद अनुदान दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

उद्योग मन्त्रालयको कार्यविधि अनुसार नेपालबाट वस्तु निर्यात गर्ने उद्योगीहरुले अधिकतम ८ प्रतिशतसम्म नगद अनुदान पाउनेछन् । त्यस्तो नगद अनुदान पाउने प्रमाणसहित बैंकमा उपस्थित भएको खण्डमा बैंकहरुले १५ दिनभित्रमा उक्त अनुदान उपलब्ध गराउनुपर्नेसमेत राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

कार्यविधि अनुसार यदी कुनै संस्थाले वार्षिक ५० करोड रुपैयाँ भन्दा बढीको निर्यात गरे ८ प्रतिशतसम्म नगद अनुदान दिइने छ । कार्यविधिमा समेटिएका ३६ बस्तु मध्ये जुनसुकै बस्तु ५० करोड रुपैयाँ भन्दा बढी निर्यात गरिए पनि ८ प्रतिशत नगद अनुदान पाइने व्यवस्था गरिएको छ ।

कार्यविधिमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएका बस्तुमा ४ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ । मूल्यवृद्धि ५० प्रतिशत भएका वस्तुले भने ५ प्रतिशत नगद अनुदान पाउने छन् । कार्यविधिमा ७० प्रतिशत मूल्यवृद्धि भएका बस्तुमा भने ६ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ ।

विभिन्न संस्थाले राष्ट्रिय ट्रेडमार्क बनाएर औद्योगिक उत्पादन निर्यात गर्दा १ प्रतिशत थप नगद अनुदान दिने व्यवस्था कार्यविधिमा गरिएको छ । यस्तै अघिल्लो वर्षको भन्दा २० प्रतिशत निर्यात वृद्धि गर्ने संस्थालाई समेत १ प्रतिशत थप अनुदान दिने व्यवस्था कार्यविधिमा गरिएको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन :

[googleapps domain=”drive” dir=”file/d/1H6nJEcGPQC6X7pulFfGm3K0wAX3Z6y1u/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL