Logo

तरलता सुविधा सम्बन्धी कार्यविधि संशोधन, राफसाफ सुविधामा लचक बन्दै घटायो हर्जना (कार्यविधि सहित)

तरलता सुविधा सम्बन्धी कार्यविधि संशोधन, राफसाफ सुविधामा लचक बन्दै घटायो हर्जना (कार्यविधि सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलतासम्बन्धी कार्यविधि २०७६ को दोस्रो संशोधन गरेको छ । केन्द्रिय बैंकले आईतबार दैनिक तरलता उपभोग गरेर समयमा राफसाफ गर्न नसक्दा लाग्ने हर्जना घटाउँदै उक्त कार्यविधि नै संशोधन गरेको हो ।

laxmi

यससँगै बैंकले दोब्बर बैंकदरको व्यवस्थालाइ हटाएर बैंकदरमा थप १ प्रतिशत अतिरिक्त व्याज लाग्ने व्यवस्थासमेत गरेको छ ।
यस्तै बैंकले कार्यविधिमा संशोधन गर्दै सुरक्षणपत्र धरौटी राख्न नसकेमा साविकको सीमाबाट उपयोग भएको ओभरनाइट सुविधा घटाई नयाँ सीमा कायम गरिने व्यवस्था गरेको छ ।

तर, धितो व्यवस्थापन खाताको सीमासम्म सुविधा उपयोग भई नयाँ सीमा कायम नहुने अवस्थामा दैनिक तरलता सुविधा बन्द गरिने कार्यविधिमा उल्लेख छ । यस्तो रकम भुक्तान भएपछि धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा भई साविकको सीमा कायम हुनेछ ।

यस्तो छ कार्यविधिको पुर्णपाठ ।

[googleapps domain=”drive” dir=”file/d/1ylwd7u4Y5BF5K7d8ZgLk1-wBLn_nmbiO/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL