Logo

एससीटी र सनराइज बैंकबीच सम्झौता, बैंकको क्युआरबाटै वस्तु खरिद सहज

एससीटी र सनराइज बैंकबीच सम्झौता, बैंकको क्युआरबाटै वस्तु खरिद सहज



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सन्राइज बैंकबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रममा दुई संस्थाबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हो ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिजका प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका प्रमुख डिजिटल बैंकिङ दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL