Logo

एकापसमा मर्जर सम्झौता गरेका कुमारी र एनसिसी बैंकको यस्तो आयो प्रतिवेदन, कुन बैंकको वित्तिय अवस्था कस्तो ?

एकापसमा मर्जर सम्झौता गरेका कुमारी र एनसिसी बैंकको यस्तो आयो प्रतिवेदन, कुन बैंकको वित्तिय अवस्था कस्तो ?



काठमाडौं । एकापसमा मर्जर सम्झौता गरेका कुमारी र एनसिसी बैंकले पहिलो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढ्यो

कुमारी बैंकको नाफा ८५.०७ प्रतिशत बढेको छ। बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

एनसीसी बैंकको नाफामा सामान्य गिरावट

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकले पहिलो त्रैमासमा ०.२४ प्रतिशत घटेको छ। बैंकको खुद नाफा ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा बैंकले ५१ करोड ८० हजार कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २०.३१ प्रतिशत र कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशत बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा ०.२६ प्रतिशत घटेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एनसीसीको जगेडा कोष ९.४० प्रतिशत बढेको छ भने निक्षेप ५.६१ प्रतिशत र कर्जा ६.१९ प्रतिशत घटेको छ। त्यसैगरी, कुमारीको जगेडा कोष समीक्षा अवधिमा १५.४४ प्रतिशत र कर्जा २.१४ प्रतिशत बढेको छ भने निक्षेप १.५८ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL