Logo

सिद्धार्थ बैंकको कोशी अस्पताललाई सहयोग, तीन थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण

सिद्धार्थ बैंकको कोशी अस्पताललाई सहयोग, तीन थान हेमोडायलाइसीस मेसिन हस्तान्तरण



काठमाडौं । सिद्धार्थ बैंकले विराटनगर स्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका संचालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका हुन् ।

उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने विरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा बोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवले हेमो डायलाइसीस मेसीनको उपयोगिता, प्रयोग र आवश्यकता वारेमा चर्चा गरेका थिए र बैंकद्धारा हस्तान्तरण गरीएका डायलाइसीस मेसीनहरुको अधिक्तम उपयोग गरिने सम्बन्धमा प्रतिवद्धता समेत व्यक्त गरे ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको बारेमा बैंक संचालक नरेन्द्र कुमार अग्रवालले जानकारी गराएका थिए । साथै, आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको समेत जानकारी गराए ।

कोशी अस्पतालमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा भिम घिमिरे, सुरेश शर्मा, जगदिशप्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतका वरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेत लगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL