Logo

कृषि विकास बैंकको सीइओमा सिटौला नियुक्त

कृषि विकास बैंकको सीइओमा सिटौला नियुक्त


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवादादाता

२८ मंसिर, काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लिलाप्रकाश सिटौलाले नियुक्त भएका छन् । कृषि विकास बैंक संचालक समितिको आइतबार विहान वसेको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो । सीइओका लागि १४ जनाले आवेदन दिएकोमा प्रतिस्पर्धाका आधारमा सिटौलालाई नियुक्त गरिएको बैंक संचालक समितिका एक सदस्यले बिजखबरलाई जनकारी दिए ।

सिटौला यसअघि कृषि विकास बैंककै संचालक थिए । उनले संचालकबाट राजीनामा दिएर खुला प्रतिस्पर्धा अन्तरगत सीइओका लागि आवेदन दिएका थिए । उनले नेपाल राष्ट्र बैंकमा पनि कार्यकारी निर्देशक भएर काम गरेका थिए ।

बैंकको सीइओका लागि उनीसँगै शंकरमान सिंह, बिजय स्वाँर, भास्कर रिमाल, उपेन्द्र कार्की, छवीराज पन्त, शिवराम प्रसाद कोइराला, शिव अधिकारी, दशरथ जोशी, रामवेद यादव, भविन्द्र खत्री, अनिलकुमार उपाध्याय, तेजमानसिंह कार्की र घमन सिंह खड्काले आवेदन दिएका थिए । प्रतिस्पर्धाका आधारमा सिटौलालाई छनौट गरिएको बैंक संचालक समितिले बताएको छ ।

यस अघिका कृषि विकास बैंकका सीइओ तेजबहादुर बुढाथोकीलाई संचालक समितिले हटाएपछि बैंकमा सीइओ पद खाली थियो । बुढाथोकीले बैंकमा अनियमित कार्य गरेको भन्दै संचालक ससितिले झण्डै १ महिना अघि हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL