GBIME

कामना सेवा विकास बैंकको सीआरएस, मन्दिरलाई सहयोग


बिजखबर संवाददाता
1 October, 2022 11:48 am

kamana sewa bank

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत केन्द्रीय कार्यालय मार्फत काठमाडौं मैतीदेवी मन्दिरलाई सरसफाई सम्बन्धी विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

NABIL
lAXMI_BANK

उक्त सामाग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त सरसफाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । साथै बैंकले मन्दिर दर्शन गर्न पुग्ने भक्तजनहरूले डिजिटल माध्यम मार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन् भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल डोनेट बक्स समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL