GBIME

सिटिजन्स बैंकले गर्यो ९ प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयर नदिने


बिजखबर संवाददाता
23 September, 2022 10:00 am

citizen bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतितथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी बैंक विहीबार बसेको ४०३औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई दिने प्रस्ताव पेश गरेको हो ।

NLIC
Lamxi_bank

आर्थिक वर्ष २०७८-७९को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ।व २०७८÷७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्तापुँजी १४,२००,९७४,००६ रुपैयाँको ९ प्रतिशतले हुने १,२७८,०८७,६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा ए।टि।एम। र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७०हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL