Logo

नाडा ईभी एक्सपोमा नबील बैंकको योजना, तुरुन्तै कर्जा स्वीकृति पत्र पाईने

नाडा ईभी एक्सपोमा नबील बैंकको योजना, तुरुन्तै कर्जा स्वीकृति पत्र पाईने



काठमाडौं । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना सार्वजनिक गरेको छ । बैंकले असोज ६ गतेदेखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन लागेको नाडा ईभी एक्स्पो २०२२ मा सहभागी हुुँदै आफ्ना ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने भएको हो ।

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी दिएको छ । नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी १२ मा ग्राहकहरुलाई तत्काल ऋण मुुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL