Logo

एनआईसी एशिया बैंकका ग्राहकले दराजमा २५ सयसम्म छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले दराजमा २५ सयसम्म छुट पाउने



काठमाडौँ । एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने भएको छ । यसका लागि बैंकले दराजसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार २९ भदौदेखि ११ असोजसम्मका लागि लागू हुने यस योजनाअनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा २ हजार ५ सयसम्मको छुट उपलब्ध हुने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भमार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL