Logo

Global_Ime

माछापुच्छ्रे बैंकको गढीमाई मन्दिरमा क्युआर कोड सेवा सञ्चालनमा

माछापुच्छ्रे बैंकको गढीमाई मन्दिरमा क्युआर कोड सेवा सञ्चालनमा



काठमाडौं । माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले शनिबार बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा भएको एक औपचारिक कार्यक्रममा क्युआर कोड हस्तान्तरण गरेको थियो ।

Laxmi_sunrise
Kumari

उक्त क्युआर कोड बैंकका अध्यक्ष डा। विरेन्द्र प्रसाद महतो तथा महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादवले संयुक्त रुपमा गढीमाई संचालन तथा विकास समितिका अध्यक्ष राम चन्द्र साहतेलीलमई हस्तान्तरण गरेका थिए ।

यो सेवा संचालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्युआर कोड बाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआर कोड सेवा निस्शुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC