Logo

Global_Ime

एभरेष्ट बैंक र दराजबीच सम्झौता, डेबिट कार्डमार्फत भुक्तानी गर्दा २ हजार छुट

एभरेष्ट बैंक र दराजबीच सम्झौता, डेबिट कार्डमार्फत भुक्तानी गर्दा २ हजार छुट



काठमाडौं । एभरेष्ट बैंक र दराजबीच दराज दशैं धमाका महोत्सवका लागि सम्झौता भएको छ । बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्डवहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ।

Laxmi_sunrise
Kumari

अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार पैयाँसम्म छुट दिने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ।

बैंकले यस सम्झौताले दराजसँगै एभरेष्ट कार्ड वाहक ग्राहकलाई छुट्टै उत्साह थपिने विश्वास लिएको छ। बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC