Logo

कुमारी बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्दै

कुमारी बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्दै



काठमाडौं । कुमारी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केविएल डिवेन्चर २०८९’ को १ हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

laxmi

बैंकले उक्त ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट मिति २०७९ भाद्र १ गते स्वीकृति प्राप्त गरेको छ । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन बाट बिक्री गरिने बैंकले जानकारी दिएको छ । उक्त ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL