Logo

नबिल बैंकको ‘नबिल ढुक्क मुद्धती’ खाता, ६ बर्षमै दोब्बर रकम पाईने

नबिल बैंकको ‘नबिल ढुक्क मुद्धती’ खाता, ६ बर्षमै दोब्बर रकम पाईने



काठमाडौं । नबिल बैंकले आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ सार्वजनिक गरेको छ । ‘नबिल ढुक्क मुद्धती खाता’ अन्तर्गत बैंकका ग्राहकहरुले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि १० गुणा सम्म रकम प्राप्त गर्न सक्नेछन् ।

laxmi

यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

त्यसैगरि विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्धती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले ३ लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL