GBIME

सिभिल बैंक र आईआईएफटीबीच छात्रवृत्ति सम्झौता, सिभिल बैंकमा खाता हुनेलाई १५ प्रतिशत छुट


बिजखबर संवाददाता
22 August, 2022 3:36 pm

civil-iftt

काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) र सिभिल बैंक लिमिटेडबीच स्कलरसीप गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिभिल बैंकमा खाता हुने ग्राहकहरुले आईआईएफटीमा फेसन डिजाइनिङ र इन्टेरियर डिजानिङ सिक्न चाहनेले अधिकतम १५ प्रतिशत छुट पाउनेछन् ।

NLIC
Lamxi_bank

उक्त सम्झौतामा आईआईएफटीका तर्फबाट प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पा तथा निर्देशक विपना थापा र सिभिल बैंकको तर्फबाट सिभिल बैंक बागमती प्रदेश प्रमुख सुरज दाहाल तथा बाङ्गेमुडा शाखा प्रमुख रजल बज्रचार्यले हस्ताक्षर भएको छ । कमलादीको हेरिटेज प्लाजास्थित आईआईएफटीको कार्यलय एक कार्यक्रमबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापछि आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले आईआईएफटीको अफिसियल बैंक सिभिल बैंक रहने बताए । उक्त सम्झौताले विशेषगरी आईआईएफटीमा फेसन डिजाइनिङ सिक्न चाहनेहरु लाभान्वित हुने बैंक र आईआईएफटीको भनाइ छ ।

आईआईएफटीले पछिल्लो केही वर्षयता फेसन डिजाइनिङ बन्न चाहनेहरुका इच्छा पूर्ति गर्दै आएको छ । काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा आईआईएफटी सञ्चालनमा रहेको छ ।

अहिलेसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भ्यसकेका छन् । साथै, पछिल्लो समय आईआईएफटीले इन्टेयर डिजाइनिङको पनि कोर्ष सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL