Logo

‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ मुद्धति खाता सञ्चालनमा, ६५ महिनामै रकम डबल हुने

‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ मुद्धति खाता सञ्चालनमा, ६५ महिनामै रकम डबल हुने



काठमाडाैँ । ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धति खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धति खाता सञ्चालनमा ल्याएको छ।

laxmi

विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्धति योजना सार्वजनिक गरेको हो। व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिन्छ।

सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट तथा विदेशमा रहेका ग्राहकहरू द्वारा अनलाइनबाटै भिडियो केवाइसी अपडेट गरि संचालनमा ल्याउन सकिने बैंकले जनाएको छ ।

साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ। यो योजना २०७९ भदौ महिना सम्मको लागि लागु हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL