Logo

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’, बार्षिक ९.०५ प्रतिशत ब्याजदर

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’, बार्षिक ९.०५ प्रतिशत ब्याजदर



काठमाडौं(जस)–एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी “एक्सेल समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । यसबचत खातामा बार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्तगर्न सकिने बैंकले जनाएको छ । न्यूनतम २ हजारमा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ ।

laxmi

‘एक्सेल समृद्धि बचत खाता’ सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् । ‘तपाईको स्थानीय साझेदार’ को नारा लिएको यस बैंकले स्थानिय स्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ्ग सुबिधाहरु समेत उपलब्ध गराउने छ ।

जसअन्र्तगत निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक , अन्य बैंकको एटएएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुने जनाएको छ । हाल बैकले बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत संचालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दती निक्षेपहरु पनि संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL