Logo

एनएमबी बैंकको स्मार्ट नारी बचत खाता सार्वजनिक, डिजिटल भुक्तानीमा ५ हजारसम्म नगद फिर्ता

एनएमबी बैंकको स्मार्ट नारी बचत खाता सार्वजनिक, डिजिटल भुक्तानीमा ५ हजारसम्म नगद फिर्ता



काठमाडौं ।एनएमबी बैंकले ‘एनएमबी स्मार्ट नारी बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले नेपाली महिलाहरूलाई बचततर्फ प्रोत्साहित गराउन र डिजिटल कारोवारमा सक्रिय बनाउने योजनाले उक्त खाता सार्वजनिक गरेको हो । बैंकले स्वदेश तथा विदेशमा बस्ने नेपाली महिला लक्षित गर्दै उक्त खाता संचालनमा ल्याएको उल्लेख गरेको छ ।

उक्त योजना अन्तर्गतका ग्राहकहरूले स्वास्थ्य जाँचमा डिजिटल भुक्तानी गर्दा वार्षिक ५ हजारसम्म नगद फिर्ता पाउने भएका छन । यस्तै बैंकका ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याट लगायतका सुविधा पाउने भएका छन ।

बैंकको उक्त योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म छुट पाउने बैंकले जानकारी दिएको छ ।

एनएमबी बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL