Logo

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित ‘एमबीएल एम–स्मार्ट’ एप

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित ‘एमबीएल एम–स्मार्ट’ एप



काठमाडौँ । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप ‘एमबीएल एम स्मार्ट’ मा स्मार्ट लोन एगेन्स्ट फिक्स्ड डिपोजिट सेवा सुरु गरेको छ ।

laxmi

उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन एगेन्स्ड फिक्स्ड डिपोजिट सुविधा प्रयोग गरी मोबाइल बैंकिङ्ग सुविधामार्फत सजिलै कर्जा लिन सक्नेछन् ।

कर्जा लिन बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।

माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्न बैंकसम्म जानै नपर्ने गरी अनलाइन तथा मोवाइल बैंकिङ्ग एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन एगेन्स्ड एफडी सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्नेछन् ।

उक्त एपमा आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ–रजिष्ट्रेशन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीलगायतका सुविधा रहेको छन् ।

बैंकले एमबीएल एम स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एपमार्फत नवीतम सुविधा थप्दै ल्याइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL