Logo

एनएमबि बैंकको मेहन्दी कार्यक्रम, ग्राहक र कर्मचारीबीच श्रावण उत्सव

एनएमबि बैंकको मेहन्दी कार्यक्रम, ग्राहक र कर्मचारीबीच श्रावण उत्सव



काठमाडौं । एनएमबि बैंकले ‘श्रावणको सोमवार मेहन्दी लगाऔँ, एनएमबिसँग रमाऔँ’ भन्ने सन्देशसहित आपसी सदभाव अभिवृद्बि गर्ने उद्देश्यले श्रावण १६ गते कर्मचारी र ग्राहकहरुमाझ मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ ।

laxmi

बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरूमा यो कार्यक्रम गरेको छ । बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेस प्रदेशको जनकपुर र विरगंज, बागमती प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुङ्गा र गोरखा, लुम्बिनी प्रदेशको मिलन चोक र नेपालगन्ज, प्रदेश ६ को वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर र धनगढी चौराहामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL