Logo

महालक्ष्मी विकास बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

महालक्ष्मी विकास बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त



महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य १००० रुपैयाँका दरले कुल १ अर्ब रुपैंया बराबरको १० वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्काशनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

laxmi

सोमबार बैंकको केन्द्रिय कार्यालय दरवारमार्ग, काठमाण्डौमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।

उक्त ऋणपत्र मध्ये ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोड रुपैयाँ बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL