Logo

सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्यो नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्यो नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

laxmi

सो रकम बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरको अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्नेछ ।

उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भएतापनि चस्मा बिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीहरुलाई सहज रुपले अध्ययन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL