Logo

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा १० प्रतिशत सम्मको छुट, सम्झौतामा हस्ताक्षर

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा १० प्रतिशत सम्मको छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकहरुलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबल कारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।

laxmi

उक्त सम्झौता अनुसार केबलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग गरी टिकट खरिद बापत १०५ सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL