Logo

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता, बैंकका ग्राहकले क्युआरमार्फत भुक्तानी गर्न सक्ने

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झौता, बैंकका ग्राहकले क्युआरमार्फत भुक्तानी गर्न सक्ने



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच सम्झौता भएको छ । बैंकका भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यानमार्फत वस्तु तथा सेवाको भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको हो ।

laxmi

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापश्चात सेञ्चुरी कमर्सियल बैंकका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधिनमा रहि क्युआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ । मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL