Logo

४ ठुला बैंक एक आपसमा गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति, नबिल र एनबी बैंकलाई अन्तिम स्वीकृति

४ ठुला बैंक एक आपसमा गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति, नबिल र एनबी बैंकलाई अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकको बुधबार बसेको संचालक समितिको बैठकले ४ ठुला बैंकलाई एक आपसमा गाभिनका लागि सैद्धान्तिक सहमति दिएको छ । यसअघि गाभ्ने, गाभिनेसम्बन्धि सम्झौता हस्ताक्षर गरिसकेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक तथा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको हो ।

laxmi

यस्तै राष्ट्र बैंकको संचालक समितिको बैठकले नबिल र नेपाल बंगलादेश बैंकलाई पनि एक आपसमा गाभिनका लागि सैद्धान्तिक सहमति दिएका छ ।

यसअघि इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले जेठ २७ गते मर्जरमा जाने सम्झौता गरेका थिए भने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले असार २ गते यस्तो सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL