Logo

समता घरेलु लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ बढ्यो, नाफा कति ?

समता घरेलु लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ बढ्यो, नाफा कति ?



काठमाडौं । समता घरेलु लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । यसअवधिमा समता घरेलुको खुद नाफा २४०।९१ प्रतिशतले बढेर ८ करोड ४९ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले २ करोड ४९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यस कम्पनीको खुद नाफा पनि बढेको हो ।

खुद ब्याज आम्दानी ७३.७५ प्रतिशतले बढेर ३३ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ४४ लाख १४ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्ष ४ करोड ३९ लाख ६१ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष १४ करोड ८५ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । एक वर्षमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०९ पैसाले बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको छ । चुक्ता पुँजी ६२ करोड ९० लाख ५१ हजार रुपैयाँ छ । खराब कर्जा पनि घटेको छ । अघिल्लो वर्ष १०.४८ प्रतिशत रहेको खराब कर्जा असारसम्म ६.८७ प्रतिशतमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्