Logo

Global_Ime

एनआईसी एशिया बैंकको नयाँ योजना, मोबाइल बैंकिङ एपबाट हवाई टिकट काटे ५०० सम्म छुट

एनआईसी एशिया बैंकको नयाँ योजना, मोबाइल बैंकिङ एपबाट हवाई टिकट काटे ५०० सम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंकले एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकले २०७९ आषाढ १२ गते देखि २०७९ आषाढ १८ गते सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरुले बैंकको एप प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् ।

Laxmi_sunrise
KBL

डिजिटल बैंकिङको अवधारणा अनुरुप बैंकको एपमार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा ५०० रुपैयाँ अधिकतम एंव दोश्रो पटकबाट १०० रुपैयाँसम्म क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकहरुलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आईसर्भमार्फत अघि बढाईरहेको छ ।

जसअनुसार बैंकले यस एपबाट निक्षेप खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाईन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, आइपिओ आवेदन लगायतका सुविधाहरू ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा उपभोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL