GBIME

ग्लोबल आइएमई बैंकले हज यात्रीलाई सटहीको सुविधा प्रदान गर्ने


बिजखबर संवाददाता
23 June, 2022 9:37 am

global-ime-bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त हज यात्राको लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।

NLIC
LAXMI

बैंकले हजयात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामंगल शाखा कार्यालयहरूबाट साउदी रियाल सहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

साथै हजयात्रीहरुलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भएमा मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL