Logo

कुमारी बैंकको भिसा डेबिट र क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

कुमारी बैंकको भिसा डेबिट र क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने



काठमाडौं । कुमारी बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिटरक्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।

laxmi

जसअनुसार विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइलरइन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिटरक्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् । विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको कुमारी बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले बताए ।

फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन बैंकमार्फत सोझै प्राप्त गर्न सक्ने उनको भनाइ छ । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ ।

यस प्रणाली मार्फत गरिएका प्रत्येक रु। १५,००० भन्दा बढीको भिसा डाइरेक्ट कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम रु ५०० प्रदान गर्र्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL