GBIME

समृद्धि फाइनान्समा ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना, १२.२५ प्रतिशत ब्याज पाईने


बिजखबर संवाददाता
17 June, 2022 1:50 pm

समृद्धि फाइनान्समा ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना, १२.२५ प्रतिशत ब्याज पाईने

काठमाडौं । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यससँगै कम्पनीले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ । समृद्धि फाइनान्सको पाँच वटै शाखाबाट यो सेवा लिन न्यूनतम ५० हजार देखि नै खाता खोल्न सकिने व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

NABIL
lAXMI_BANK

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर पाईने छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL