Logo

बैंक अफ काठमाण्डूको ‘बिओके सुपर मुद्दती खाता’ योजना, निक्षेपको चार गुणासम्म प्रतिफल दिने

बैंक अफ काठमाण्डूको ‘बिओके सुपर मुद्दती खाता’ योजना, निक्षेपको चार गुणासम्म प्रतिफल दिने



काठमाडौं । लगानी व्यवसायिक उद्यमी मात्र होइन बैंकिङ निक्षेप पनि हो । यस्तै मर्मलाई आत्मसात गर्दै वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेगरी बैंक अफ काठमाण्डू (बिओके) ले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । यदि बैंकमा पैसा जम्मा गर्न वा लगानीको स्वरुप बचत गर्न खोज्दै हुनुहुन्छ भने तपाईको लागि बिओके सुपर मुद्दती खाता लगानीको उत्कष्ट विकल्प हुन सक्छ ।

अब तपाईले कति प्रतिशत होईन, आफुले बैंकमा जम्मा गर्ने बचत कति समयमा कति हुन्छ भन्ने सुनिश्चितता पाउन सक्नुहुन्छ । अर्थात् बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सुपर बचत खातामा बचत रकमको २ गुणादेखि अधिकतम ४ गुणासम्म प्रतिफल दिन्छ ।

‘बिओके सुपर मुद्दतीमा लगानी, भविष्यको लागि सुरक्षित आम्दानी’ नारासहित बैंकले ६ वर्ष ५ महिनामा निक्षेपको २ गुण देखी १३ वर्षमा निक्षेपको चार गुणासम्मको प्रतिफल योजना ल्याएको हो । यस्तो प्रतिफल प्रतिशतमा नभएर अब कुल निक्षेपको चार गुणा पाइने बैंकले जनाएको छ ।

खासगरी बिओके सुपर मुद्दती खातामा तीन किसिमको योजना ल्याएको बैंकले ६ वर्ष ५ महिनामा दुई गुणा, १० वर्ष ३ महिनामा तीन गुणा र १३ वर्षको मुद्दती निक्षेपमा अधिकतम चार गुणासम्म प्रतिफल दिने जनाएको छ । यद्यपि, यस्तो निक्षेपका लागि निक्षेपकर्ताले न्यूनतम ५० हजार रुपैयाँ खातामा राख्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL