Logo

बैंक अफ काठमाण्डू र अन्नपुर्ण केबलकारबीच सम्झौता, ग्राहकलाई केबलकारको टिकटमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू र अन्नपुर्ण केबलकारबीच सम्झौता, ग्राहकलाई केबलकारको टिकटमा १० प्रतिशत छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रालिबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाईप तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकका ग्राहकलाई टिकटमा १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकिय नगरी पोखरामा रहेको अन्नपूर्ण केबल कार प्रालिले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ सय १ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ सेवा प्रदान गर्दैै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL