Logo

हुण्डीको आशंकापछि रेमिट कम्पनी माथि थप कडाई, सबै कारोबार रेमिट कम्पनीको प्रणालीबाट मात्रै

हुण्डीको आशंकापछि रेमिट कम्पनी माथि थप कडाई, सबै कारोबार रेमिट कम्पनीको प्रणालीबाट मात्रै



काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट कम्पनी माथि थप कडाई गरेको छ । पछिल्लो समय रेमिट कम्पनीमार्फत हुण्डी हुण्डी कारोबार बढेको गुनासो आएपछि रेमिटान्स सेवा प्रदान गर्ने कम्पनी माथि थप कडाई गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

सोही अनुरुप अबका दिनमा रेमिट कम्पनी तथा उक्त कम्पनीका सब–एजेण्ट वा सब प्रतिनिधिहरुले आन्तरिक विप्रेषणको कारोबार नगद भुक्तानी गर्दा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने राष्ट्र बैंकद्वारा निर्देशनमा उल्लेख छ ।

‘यस अघि हामीले आन्तरिक रेमिटान्स भुक्तानीमा हुण्डीको कारोबार भएको आशंकामा प्रति कारोबार वा प्रतिदिन कारोबारलाई घटाएर २५ हजार रुपैयाँमा झारेका थियौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसमा रोक लगाएपछि रेमिटान्स कम्पनीका एजेन्टले आफ्नो प्रणाली प्रयोग नगरी ग्राहकसँग चर्को शुल्क लिएर अर्कै माध्यमबाट रेटिम कारोबार गरेको जानकारीमा आयो त्यसैले नयाँ व्यवस्था गरेका हौं ।’ साथै अबका दिमा बैंक खाता वा विद्युतीय वालेट सम्बन्धित कारोबार गर्दा विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL