Logo

हिमालयन बैंकले २५ लाख कित्ता बण्ड जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धकमा नियुक्त

हिमालयन बैंकले २५ लाख कित्ता बण्ड जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धकमा नियुक्त



काठमाडौँ । हिमालयन बैंक लिमिटेडको २५ लाख कित्ता बण्ड जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २ अर्ब पचास करोड रकम बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्न लागेको हो।

laxmi

त्यसका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५०% प्रतिशत रहेको छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकसम्शेर ज.ब.रा. र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुको स्वीकृति पश्चात निष्कासन गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL