Logo

काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा एनएमबि बैंक लिमिटेड

काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा एनएमबि बैंक लिमिटेड



काठमाडौं । एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

laxmi

प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको काबेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।

सो आयोजनामा सेञ्चुरी कमर्सियल बैंकको सहवित्तीयकरण रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु ४ अर्ब २८ करोड ५० लाख रहेको छ ।

जसमध्ये बैंकहरुको ऋण लगानी रु. ३ अर्ब २१ करोड ३० लाख रहनेछ । यो आयोजना समेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL