Logo

थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा जोडिए, यी हुन् आवद्ध भएका संस्थाहरु

थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा जोडिए, यी हुन् आवद्ध भएका संस्थाहरु



काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कमपनीहरु आवद्ध भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंक लि, नेपाल फाइनान्स लि, समृद्धि फाइनान्स लि तथा इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स कं लि हालै उक्त प्रणालीमा थपिएका छन् । यस अघि २४ वटा वाणिज्य बैंक, ९ विकास बैंक र ८ वित्त कम्पनीमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तीय संस्था मध्ये ४६ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणाली मार्फत २ लाख भन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको चैत्र मसान्तको तथ्याङ्क अनुसार आरटीजीएस प्रणाली मार्फत ४३ दशमलव ४ खर्ब बराबरको ६५ हजार ३ सय ७६ भुक्तानी कारोबारहरु फर्छ्यौट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL