Logo

पुनर्बहाली पछि गभर्नरले सम्हाले राष्ट्र बैंकको कमाण्ड, भन्छन्–यो राष्ट्र बैंकको स्वायत्तताको जित हो (फोटो फिचर)

पुनर्बहाली पछि गभर्नरले सम्हाले राष्ट्र बैंकको कमाण्ड, भन्छन्–यो राष्ट्र बैंकको स्वायत्तताको जित हो (फोटो फिचर)



काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्बहाली भएसँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यभार सम्हालेका छन् । राष्ट्र बैंकमा आज एक कार्यक्रमकाबीच उनले आफ्नो कार्यभार सम्हालेका हुन् ।

laxmi

सर्वोच्चले आफ्नो पक्षमा अन्तकालिन अन्तरिम आदेश दिएसँगै यसले राष्ट्र बैंक माथिको स्वायत्तता जोगिएको बताएका छन् । ‘अहिले भएको आक्रमण म (महाप्रसाद अधिकारी) माथि भन्दा पनि नेपाल राष्ट्र बैंक माथि गरिएको आक्रमण हो,’ पुनर्बहाली पछि पदभार सम्हाल्दै उनले भने ।

साथे उनले राष्ट्र बैंकको गभर्नर सरकारको सल्लाहकार भएको र अबका दिनमा पनि सरकारलाई आवश्यक रायसल्ला दिएर सँगै मिलेर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL