Logo

राष्ट्रबैंकका गभर्नर अधिकारी निलम्बित, ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी

राष्ट्रबैंकका गभर्नर अधिकारी निलम्बित, ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी



काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीले अर्थतन्त्रलाई धरासायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न कमिटी बनाउने निर्णय गरेको थियो ।

laxmi

अधिकारीलाई निलम्बन गर्दै सरकारले डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनालाई कार्यबाहक गभर्नर बनाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । निर्णयाअनुसार अर्थमन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका हुन् ।

छानबिन समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेल सदस्य रहेका छन् । समितिलाई एक महिनाभित्र आफ्नो प्रतिवेदन दिने कार्यादेश दिइएको छ । अधिकारीलाई तत्कालिन केपी शर्मा ओलीको सरकारले २०७६ चैत्र २४ गते गभर्नरमा नियुक्त गरेको थियो । त्यसअघि उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL