Logo

स्मार्टच्वाईस टेक्नोलोजी र एनआईसी एसियाबीच सम्झौता, बैंकका ग्राहकले क्युआर स्क्यान गरी भुक्तानी सेवा लिन सक्ने

स्मार्टच्वाईस टेक्नोलोजी र एनआईसी एसियाबीच सम्झौता, बैंकका ग्राहकले क्युआर स्क्यान गरी भुक्तानी सेवा लिन सक्ने



काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र एनआइसी एसिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

laxmi

उक्त सम्झौता पश्चात विभिन्न व्यापार(व्यवसाय गर्दै आएका व्यवसायिहरूले एनआइसी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।

बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एनआइसी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL