Logo

सिद्धार्थ बैंकले कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्ने

सिद्धार्थ बैंकले कोशी अस्पताललाई हेमोडायलाइसिस मेसिन प्रदान गर्ने



काठमाडौँ । सिद्धार्थ बैंकले कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन प्रदान गर्ने भएको छ । विराटनगरस्थित कोशी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रु। ५० लाख बराबरको उक्त मेसिन उपलब्ध गराउने भएको हो ।

laxmi

यसका लागि अस्पतालले उपलब्ध गराएको बिवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्न अस्पतालसँग बैंकले सम्झौता गरेको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। यज्ञराज खरेलले हस्ताक्षर गरे ।

कोशी अस्पतालले उक्त हेमोडायलाइसीस मेसिन अस्पतालमा आउने विरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL