Logo

महालक्ष्मी विकास बैंक र अरिकल ईभेन्ट्स प्रालिबीच सहकार्यको सम्झौता, बैंकका ग्राहकलाई अरिकल ईभेन्टसमा छुट

महालक्ष्मी विकास बैंक र अरिकल ईभेन्ट्स प्रालिबीच सहकार्यको सम्झौता, बैंकका ग्राहकलाई अरिकल ईभेन्टसमा छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक र अरिकल ईभेन्टस प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल ईभेन्टस् प्रालिमा बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न खानाका परिकारहरुमा आर्कषक छुट प्राप्त गर्नेछन् ।

laxmi

उक्त सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाहरुबाट बिभिन्न सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL